मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खराब समयको सङ्केत गर्ने यी हुन् पाँच सपना

सपना देख्नु नौलो कुरा होइन । सबैले राति निदाएको बेलामा सपना देख्ने गर्दछन् । स्वप्न शास्त्रका अनुसार सपना २ प्रकारको हुन्छ । पहिलो राम्रो सपना जसले सकारात्मक हुने सङ्केत गर्दछ भने दोस्रो नराम्रो वा अशुभ सपना जसले नकारात्मकता तर्फ सङ्केत गर्दछ । यस्तोमा कस्ता सपनालाई खराब मान्ने त ?

१. सपनामा बिरालो देख्नु
यदि सपनामा बिरालो देखे यसलाई शुभ मानिँदैन । यस्ता, सपना समय खराब रहेको सङ्केत दिने गर्दछ । यसका साथै भविष्यमा कसैबाट विश्वासघात हुने सङ्केत पनि गर्दछ ।

२. सपनामा भूकम्प देख्नु
यदि कसैले सपनामा भूकम्प देख्यो भने यसलाई पनि अशुभ मानिन्छ । मान्यता अनुसार यस प्रकारका सपना देख्नुको अर्थ सन्तानको भविष्यमा सङ्कट आउनु हो ।

३. सपनामा जन्ती देख्नु
सपनामा कसैको विवाह वा जन्ती देख्नु वा बिहेको बाजा बजेको देख्नु राम्रो मानिँदैन । यस प्रकारका सपनाले जीवनमा कुनै समस्या वा सङ्कट आउने सङ्केत गर्दछ ।

४. सपनामा सुकेको बगैँचा देख्नु
यदि कसैले सपनामा कुनै बगैँचा सुकेको वा हरियालीविहीन देख्यो भने यसले गम्भीर कष्ट तर्फ सङ्केत गर्दछ ।

५. सपनामा कीरा मकौडा देख्नु
यदि कसैले सपनामा कमिला वा कुनै पनि किरा मकौडा देख्छ भने यसले उसको जीवनमा आउने समयमा कष्ट पाउने सङ्केत गर्दछ । यस्ता सपनामा जति धेरै मात्रामा कीरा देखिनछ उति धेरै समस्याको सामना गर्नुपर्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?