काठमाडौँ – एक कप चियाको मूल्य कति पर्ला ? स्थान र गुणस्तर अनुसार चियाको मूल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महँगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मूल्य लाखौँ पर्दछ भन्दा पत्याउनु हुन्छ ?
नेपालमा चियाका पारखीको कमी छैन । प्रायजसो सबै मानिस चिया पिउने गर्दछन् । अझ कतिपयको त बिहानीको शुरुवात नै चियाको घुट्कीबाट शुरु हुन्छ । तर विश्वको सबैभन्दा महँगो चिया ‘द होंग पाओ’ चाहिँ दैनिक पिउन सम्भव नहोला । किनभने यसको मूल्य लाखौँ पर्दछ ।
‘द होंग पाओ’ नामक चियाको मूल्य सुनको मूल्य भन्दा कैयौँ गुणा बढी छ । चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ । विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक किलोग्रामको अहिलेको दाम १६ करोड ७ लाख ४७ हजार भन्दा बढी पर्छ ।
सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरिद गर्न २८ हजार डलर तिरेका थिए ।
‘द होंग पाओ’ चिया यति धेरै महँगो हुनुमा यो चिया बन्ने बिरुवा हो । किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मूल्य लाखौँ परेको हो । यो चिया बन्ने बिरुवा सन् २००५ मा समाप्त भएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया