नियमित दौड,व्यायाम स्वस्थ जीवनका लागि आवश्यक छ । एक अध्ययनले के देखाएको छ भने तीव्र गतिमा दौडनेहरूको आयु आम सर्वसाधारणको दाँजोमा लामो हुने देखाएको छ ।
हिँडडुल गर्नु, दौडिनु स्वास्थ्यका लागि लाभदायक हो भन्ने कुरा हामीले सुन्दै आएका छौँ । तर, दौडिने बानीले हाम्रो आयु बढाउन समेत मद्दत गर्ने कुरा अध्ययनले देखाएको छ ।
अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताको अध्ययनले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने देखाएको हो ।
यस्तै, हामी दौडिने प्रत्येक घण्टाले ७ घण्टासम्म आयु बढाउन मद्दत गर्नेछ । साथै, दौडिने बानीले अकाल मृत्युलाई समेत २५ देखि ४० प्रतिशत कम गर्ने अध्ययनको निष्कर्ष छ ।
दौडिने बानीले मुटुसम्बन्धी समस्या र रोगबाट ३० प्रतिशतसम्म बचाउने र सबै प्रकारका क्यान्सर लाग्नबाट २३ प्रतिशतसम्म बचाउने बताइएको छ ।
यसका लागि दैनिक ३ किलोमिटर दौडिन चिकित्सकहरू सल्लाह दिन्छन् । नियमित दौडिने मानिसमा मृत्युको जोखिम पनि १५ देखि ३० प्रतिशतसम्मले कम देखिएको थियो ।
छिटो हिँड्दा श्वासप्रश्वासको गति बढ्ने, शरीरमा अक्सिजनको मात्रा बढ्ने र रक्त प्रवाह सहज हुने अध्ययनले देखाएको थियो ।
नियमित दौडिने मानिसमा मृत्युको जोखिम पनि १५ देखि ३० प्रतिशतसम्मले कम देखिएको थियो । छिटो हिँड्दा श्वासप्रश्वासको गति बढ्ने, शरीरमा अक्सिजनको मात्रा बढ्ने र रक्त प्रवाह सहज हुने अध्ययनले देखाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया