यस वर्षको साउन महिना पनि सुरु भएको छ । महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेँलो चुरा खन्किन थालेको छ ।
विभिन्न सामाजिक सञ्जालमा महिलाले हरियो, पहेँलो चुरा तथा मेहेन्दी लगाएको फोटो सार्वजनिक गरिरहेका छन् । चुरासँगै विवाहित नारीले पोते र हातमा मेहेन्दी पनि लगाएको पाइन्छ । यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ । यसको धार्मिक आस्था बुझेर भन्दा पनि युवतीहरूले फेसनका निम्ति लगाउने गर्छन् ।
यस्तो छ साउन महिनामा मेहेन्दी र हरियो चुरा लगाउनुको रहस्य
प्रत्येक वर्ष साउन लागेसँगै हरिया–पहेँला चुरा, मेहेन्दीले युवतीहरू सजिन्छन् । महिलाहरूले यसरी चुरा लगाउनुको कारण भने धार्मिक आस्था हो । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास छ ।
साउन महिना हरियालीको महिना पनि हो । हरियो चुरा र साडी लगाएर नारीले शिव भगवानको विशेष पूजा अर्चना गर्छन् । जसका कारण आफू र पतिको आयु बढ्ने विश्वास रहि आएको छ ।
श्रावणमा हरियो पहिरिँदा शिव भगवान् खुसी हुने धार्मिक विश्वास छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान् विष्णुसमेत प्रसन्न हुने जनविश्वास छ । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया