काठमाडौँ – बलिउड अभिनेत्री ऋचा चड्डा र उनका पति अली फजल अहिले क्लाउड नाइनमा छन् । अभिनेत्री लामो समयदेखि आफ्नो गर्भावस्थालाई लिएर चर्चामा छिन् ।
हालै उनले आफ्नो मातृत्व फोटोसुटको तस्विर पनि सेयर गरेकी छिन्, जसलाई सेयर गर्दै उनले ट्रोलिङबाट बच्न कमेन्ट सेक्शन बन्द गरिन् । अहिले नायिका आमा बनेको खबर छ ।
ऋचा र अली फजल एक छोरीको आमाबुवा बनेका छन् । ऋचा चड्डा र अली फजलले जुलाई १६ मा छोरीलाई यस संसारमा स्वागत गरेका थिए । यो खबरले जोडीका फ्यानहरु निकै खुसी भएका छन् ।
ऋचा वा अली फजलले सामाजिक सञ्जालमा अहिलेसम्म कुनै जानकारी दिएका छैनन्, तर दम्पतीले संयुक्त विज्ञप्ति जारी गरेका छन्, जसमा उनीहरूले जुलाई १६, २०२४ मा एउटी सानी राजकुमारीलाई यस संसारमा स्वागत गरेको घोषणा गरेका छन्। ऋचा र अलीले खुशी व्यक्त गर्दै आफ्नो परिवार पनि निकै खुसी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया