मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसमसँगै रंग बदल्ने अचम्मको नदी 

पानीको कुनै रंग र आकार हुँदैन । जुन रंगको भाँडामो राख्यो त्यस्तै आकार लिन्छ । पारदर्शी भाँडो राखिएको छ भने जुन रंगको भाँडो छ पानीको रंग पनि त्यस्तै देखिएला ।

बगिरहने पानीको रंग समयक्रमसँगै परिवर्तन भइरहन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता हो । कोलम्बियाको कानो क्रिस्टल नदी मौसम अनुसार रंग बदलिरहन्छ ।

यो नदीको विषेशता के छ भने जब मौसम परिवर्तन हुन्छ तब नदीले रंग फेर्न थाल्छ । यो नदी रातो, हरियो, नौरंगी, पहेँलो आदि हुन्छ । त्यसैले यो नदीलाई ‘लिक्वीड रेन्बो’ पनि भनिन्छ ।

सन् २००० भन्दा पहिले यहाँ हिंस्रक गतिविधिका केही गुट रहने गर्थे । जसका कारण नदीका आसपासको इलाका सुरक्षित थिएन । तर अहिले यसको ३० किलोमिटरको क्षेत्रमा कोलम्बियाको अधिकारमा चल्छ । यहाँ अहिले आरामले घुम्न सकिन्छ ।

केहीले यो नदी देखेर निकै नै अचम्म मान्ने गर्छन् । खास मौसममा सूर्यको प्रकाश र पानीको सीमासँगै यसले रंग बदल्ने गर्छ । जनवरीदेखि मे महिनासम्म यहाँ पर्यटकलाई जान निषेध गरिएको हुन्छ ।

किनकी यहाँ अत्याधिक गर्मी हुने गर्छ । यो नदीको रंग धेरैजसो हल्का या गाढा गुलाफी हुने गर्छ । तर कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।

यो नदी हेर्न संसारभरका मान्छे त्यहाँ पुग्ने गर्छन् । प्रकृतिलाई बचाइराख्नका लागि यहाँ केही नियम भने बनाइएको छ । यो क्षेत्रमा सात भन्दा बढीको ग्रुप भएर जान पाइँदैन । यस क्षेत्रमा एक दिनमा दुईसय भन्दा धेरै पर्यटक जान नपाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?