काठमाडौँ – ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि बेनिघाट–आरुघाट सडकमा यातायात अवरुद्ध भएको छ।
योसंगै भीमसेन थापा गाउँपालिका–७ र शहीद लखन गाउँपालिका–९ को यातायात सम्पर्कबिच्छेद भएको हो ।
गत वर्ष मात्रै निर्माण भएको डाइभर्सन पुल एक वर्ष नहुँदै बाढीले बगाएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याबिन वाल’ पनि बगाएको छ।
भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।
त्यस्तै सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया