मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाले किन खान्छन् माटो ?

केही बच्चा र गर्भवती महिलामा माटो, चक वा रङ्ग जस्ता अनौठो चीज खाने शौख हुन्छ । यसलाई पीका ईटिंग डिसर्डर भनिन्छ । शरीरमा केही चीजको कमीका कारण बच्चामा अनौठो चीज खाने बानी हुन्छ ।

किन हुन्छ माटो खाने इच्छा ?

माटो, चक वा अनौठो चीज खाने शौक १ देखि ७ वर्षसम्मका बच्चा हुने गर्दछ । पटक पटक सम्झाई बुझाई गर्दा पनि बच्चाहरू यो बानी छाड्न सक्दैनन् । बरु उल्टै लुकीलुकी खाने गर्दछन् । यसो हुनुमा बच्चामा केही विशेष प्रकारको पौष्टिक तत्व, जस्तो आइरन, जिङ्क आदिको कमीले यस्ता अनौठो चीज खाने इच्छा हुने गर्दछ । त्यसमध्ये यी ३ कारण प्रमुख हुन् –

रगतको कमी

साना बच्चामा माटो खाने बानी हुनुमा रगतको कमीको सङ्केत हुन सक्छ । बच्चाले खुराकमा केवल दूध मात्र खाँदा रगतको कमी हुन सक्छ । त्यसैले उमेर पुगेका बच्चालाई उमेर अनुसारको खुराकमा अन्न, दाल, तरकारी र फलफूल ख्वाउनु पर्दछ ।

कुपोषण वा मानसिक विकास

खासमा बच्चामा माटा खाने बानीमा पीका ईटिंग नामक एक रोग हो । बच्चामा कुपोषण हुँदा उनीहरूलाई अनौठो चीज खाने बानी हुने गर्दछ । यसका साथ माटो खाने बानीमा अटिजम नामक रोग पनि कारण हुन्छ । बच्चाको मानसिक विकास ठिक तरिकाबाट नभएमा अटिजमको सिकार हुन सक्छन् ।

जिज्ञासु स्वभाव

कहिलेकाहीँ बच्चाहरू केवल आफ्नो जिज्ञासु स्वभावका कारण माटो खाने गर्दछन् । उनीहरू आसपासको वातावरण बुझ्न हरेक चीज मुखमा हाल्ने समेत गर्छन् ।  यो कारणले माटो खाने बानी भएका बच्चाको बानी उमेर बढेसँगै छुट्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?