मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पशुको दिसाबाट विश्वको सबैभन्दा महंगो कफी !

विश्वको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । जसको मुल्य करीब साढे ११ हजार पर्दछ ।

यो कफी सिवेट नामक पशुको दिसाबाट तयार पारिन्छ । अमेरिका यसको एक कपको मुल्य लगभग १० हजार पर्दछ । त्यहाबाट बाहिर यसको निर्यात हुदाँ यसको मुल्य झन् बढ्दछ ।

यो कफी बनाउन यसलाई बिरालो जस्तो पशुको दिसाबाट तयार पारिन्छ । सिवेट नामक बिरालो जस्तै एक प्रजातीको पशुले कफीको अधकल्चो (पुरा नपाकेको) बिउ खाने गर्दछ ।

सिवेटले यसको गुदी पचाएपनि पाचक एन्जाइम्सको कमीले कफीको गेडा पचाउन सक्दैन । जसका कारण त्यसको दिसामा यो सहजै बाहिर निस्किन्छ ।

यसरी सिवेटले खाएर दिसामा निस्किएको कफीको गेडालाई सफा गरिन्छ । त्यसपछि यसलाई किटाणुरहित पारेर भुटिन्छ र कफी तयार पारिन्छ । यसरी सिवेटको पेटमा रहदाँ कफी अझ गुणस्तरीय र पौष्टिक हुन पुग्दछ । सोहि कारणले यसको मुल्य महंगो पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?