काठमाडौँ – जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन सकिएको छ । मकवानपुरको चित्लाङबाट सुरु भएको यो चलचित्रको छायाङ्कन ३० दिनमा चितवनमा सम्पन्न भएको हो।
निर्देशक वसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनको छायाङ्कन पछि ज्वाइँ सावको छायाङ्कन मङ्गलवारबाट सकिएको हो ।
‘फिल्ममा जितु र नीतिका अलावा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायत छन् ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया