हामी बाहिरी आवरणमा टिप–टप भएर हिँड्न रुचाउँछौ । तर योसँगै भित्री रूपमा पनि हामीले हाम्रो शरीरलाई स्वस्थ राख्नुपर्दछ । हामी बाहिरी लुगा त सफा नै लगाएर हिँड्छौ तर कतिपयको भने भित्री वस्त्रहरू निकै फोहोर हुँदासम्म पनि लगाइरहने बानी हुन्छ ।
हामी शरीरको स्वच्छताको बारेमा कुरा गर्छौँ, तर इन्टिमेट हाइजिन बारे कुरा गर्न चाहँदैनौँ । जबकि तपाईँले आफ्नो प्राइभेट पार्ट सफा र रोगमुक्त राख्नु निकै महत्त्वपूर्ण छ । तपाईँले भित्री वस्त्रलाई सफा राख्नुहुन्न भने त्यसमा हानिकारक ब्याक्टेरिया हुर्कन थाल्छ । जसलाई धेरै पसिना आउँछ, उनीहरूलाई छालाको सङ्क्रमण हुने खतरा बढी हुन्छ । फोहोर भित्री वस्त्र लगाउँदा रोग फैलन्छ ।
यसकारण आज हामी तपाईँलाई फोहोर अन्डरवेयर लगाउँदा हुने पाँच रोगबारे जानकारी गराउँछौ ।
–फोहोरी भित्री वस्त्र लगाउँदा यसमा हुने ब्याक्टेरिया पिसाब थैली र मिर्गौलामा पुगेर स्वास्थ्यलाई हानि पुर्याउँछ । फोहोर भित्री वस्त्र लगाउँदा प्रोस्टेट क्यान्सर वा पिसाबको क्यान्सर पनि हुनसक्छ । भित्री वस्त्र छनोट गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । यसो गर्दा रोगहरूबाट बच्न सकिन्छ ।
–कतिपय मानिस दैनिक रूपमा भित्री वस्त्र परिवर्तन गर्दैनन्,यसकारण पनि शरीरमा विभिन्न समस्या आउने गर्दछ । लामो समयसम्म एउटै अंडरवेयर लगाउनु एकदमै अस्वस्थ बानी हो । जसको फलस्वरुप विभिन्न समस्या देखिन सक्छन् ।
–भित्री वस्त्र फोहोर भएमा दुर्गन्ध आउँछ जसले गर्दा तपाईँको व्यक्तित्वमा नै नराम्रो असर पर्न सक्छ । महिलामा सेतो पानी बग्ने जस्ता समस्या पनि देखिन सक्छन् ।
–फोहोर भित्री वस्त्र लगाउँदा ब्याक्टेरियल सङ्क्रमणको जोखिम बढ्छ । ब्याक्टेरियल सङ्क्रमणका कारण युटीआई सङ्क्रमण हुनसक्छ । यदि तपाईँ फोहोर भित्री वस्त्र लगाउनु हुन्छ भने पिएच सन्तुलन बिग्रनेछ र छालामा छिटो–छिटो सङ्क्रमण हुन थाल्छ ।
–यदि तपाईँले फोहोर भित्री वस्त्र लगाउनुभयो भने, तपाईँको फंगल सङ्क्रमण हुने जोखिम धेरै गुणा बढ्छ । सफा नगरी अन्डरवेयर लगाउँदा यौनाङ्गबाट दुर्गन्ध आउँछ । यसकारण दैनिक नुहाउनु होस् र गोप्य अङ्ग सुक्खा राख्ने प्रयास गर्नुहोस् ।
–तपाईँको यौनाङ्ग चिलाउने वा बिमिरा आउने जस्ता समस्या भएका छन् भने तपाईँले सरसफाइमा ध्यान दिनु भएन भनेर बुझ्नुहोस् । फोहोरका कारण हुर्कने ब्याक्टेरियाले यौनाङ्गमा चिलाउने र बिमिरा आउने हुन्छ । धेरैजसो महिला दिदिबहिनीहरुले पिसाब फेरेपछि यौनाङ्गलाई टिस्युले सफा गर्ने गर्दैनन् । यसकारण यौनाङ्ग र भित्री वस्त्र लामो समयसम्म चिसो रहँदा सङ्क्रमण फैलन्छ ।
–फोहोर अन्डरवेयर लगाउनाले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने विश्वास गर्छन् । फोहोर अन्डरवेयर लगाउनाले योनि स्राव बढ्छ । योनि क्षेत्रमा सङ्क्रमण, दुर्गन्ध र स्रावले पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जोखिम दोब्बर बनाउँछ । यदि तपाईँ यसबाट बच्न चाहनुहुन्छ भने, तपाईँले व्यक्तिगत सरसफाइमा ध्यान दिनै पर्छ ।
यसकारण भित्री वस्त्र मेसिनले नभएर हातले नै धुने गर्नुहोस् । भिजेको भित्री वस्त्र नलगाउनुहोस् र धोएर घाममा मज्जाले सुकाउने गर्नुहोस् । धेरै टाइट भित्री वस्त्र नलगाउनुहोस् र सधैँ सुती कपडाले बनेको अन्डरवेयर लगाउने गर्नुहोस् । यस्तो बानी बसाल्नुभयो भने तपाई स्वस्थ रहन मद्दत पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया