मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मगर समुदायको कथामा आधारित नाटक ‘सोरठी’ मञ्चन हुने

काठमाडौँ– मगर समुदायको कथामा आधारित नाटक ‘सोरठी’ मञ्चन हुने भएको छ ।

सोरठी नाटकका समूहले मङ्गलवार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक कार्यक्रम गर्दै नाटकको पोस्टर सार्वजनिक गरेका थिए । काउछा क्रियशनको प्रस्तुति र बिम्व आर्ट्सकाे सहकार्यमा निर्माण हुन लागेको नाटकबाटै रङ्गकर्मी सङ्गीता थापामगरले निर्देशनमा डेब्यु गर्दै छिन् ।

झण्डै ६ वर्षदेखि रङ्गमञ्चमा सक्रिय उनले ‘जोखना,’ ‘पल्पसा क्याफे,’ ‘चोरको स्वर,’ ‘अन्धवेग’ लगायत नाटकहरुमा सशक्त भूमिका निर्वाह गरेकी छिन् । प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा आधारित रहेर निर्माण हुन लागेको नाटककाे लेखनमा सञ्जय काउछा मगर छन् ।

नाटकका परिकल्पना तथा निर्देशनमा थापामगरसँगै काउछा मगरकाे समेत सहकार्य रहनेछ । रङ्गकर्मी थापामगरका अनुसार नाटक शिल्पीमा भदौ महिनाको पहिलो हप्ताबाट मञ्चन हुनेछ ।

नाटकको निर्माताका रुपमा यम ल्हायो मगर र प्रमोद खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?