मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इमोजीले पोष्टमा लाइक र कमेन्ट बढाउँछ, कसरी गर्ने प्रयोग ?

काठमाडौँ– पछिल्लो समयमा हाम्रो मनको कुरा व्यक्त गर्ने वा साझा गर्ने माध्यमको रुपमा सामाजिक सञ्जाल बनेको छ । हामीमध्ये अधिकांश रिस उठेमा, चित्त दुखेमा, खुसी वा रोदन जुनसुकै भाव सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आएका छौँ ।
मनका भावलाई शब्दमार्फत व्यक्त गर्दै आएका छौँ ।

अधिकांशले शब्दसँगै सोही अनुरुप भाव झल्कने इमोजी प्रयोगसमेत गर्ने गरेका छौँ । तपाईले शब्दले व्यक्त गर्न नसकेका कुरा इमोजीको सहयोगले गर्न सक्छौँ । इमोजीकै सहयोगबाट तपाईले आफ्नो भावनालाई व्यक्त गर्नुका साथै व्यापार व्यावसायको प्रवद्र्धन गर्न सकिन्छ ।

के तपाईलाई थाहा छ ? इमोजीले तपाईको भावलाई मात्रै नभई पोष्टमा लाइक तथा कमेन्टसमेत बढी आउँछ ? यसबारे हामी तपाईलाई जानकारी दिने छौँ ।
– इमोजीले भावनात्मक सन्देश व्यक्त गर्न सहज हुने भएकाले पोष्टलाई थप आकर्षक र मानवीय बनाउँछ ।
–इमोजी प्रयोग गर्दा पोष्टको बीचमा ब्रेक दिने भएकाले प्रयोगकर्ताको ध्यान तान्नुको साथै भिजुअल बढाउँछ ।
–ट्रेन्डिङ इमोजीले पोष्टलाई अपडेट र ट्रेन्डिङ बनाउँछ ।
–अत्याधिक इमोजीले पोष्टलाई अनप्रोफेसनल बनाउने भएकाले प्रयोग गर्दा साबधानी अपनाउनु पर्छ ।
–तपाईको पोष्ट र कम्पनीलाई सुहाउँदो इमोजीको प्रयोग गर्नुपर्छ ।
–तपाईले प्रयोग गर्ने इमोजीले पोष्टलाई फरक अर्थ भाव दिन सक्छ ।
–पोष्ट वा कुराकानीको लागि लागि उपयुक्त शब्द नहुँदा पनि इमोजीले सहयोग गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?