मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा

चितवन – सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ ।

अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरोकोरवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रक्रियाबारे जानकारी लिने बताइएको छ । 

नयाँ गृहमन्त्री रमेश लेखकले आफूले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद् व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?