मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

सुत्केरीपछि महिलामा देखिने ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’कस्तो समस्या हो?

स्वास्थ्यविदका अनुसार सुत्केरी भएपछि महिलाहरु शारीरिकसँगै भावनात्मक हिसाबले पनि कमजोर हुन्छन् । त्यसकारण सुत्केरी अवस्थामा विशेष खानपान र स्याहार आवश्यक पर्छ ।

यो समयमा महिलाहरु एकदमै भावनात्मक हुने हुन्छन् । यदि महिलाहरुले सुत्केरीमा उचित स्याहार, परिवारको साथ र माया पाएनन् भने उनीहरुलाई मानसिक समस्या पोस्पार्टम साइक्याट्रिस्ट डिसअर्डर समेत देखा पर्नसक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्वभर करीब १३ प्रतिशत महिला सुत्केरी भएको एक वर्षभित्रै  यो समस्या देखिन्छ  ।

यो ‘डिसअर्डर’ हुने दर अझ  विकसित मुलुकमा उच्च छ । सुत्केरी महिलाहरुमा हुने पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर के हो, यो कसरी र हुन्छ र यसको प्रभावले महिलाहरुको शारीरिक तथा सामाजिक जीवनमा के–कस्ता असरहरु पर्छन्’ भन्ने सन्दर्भमा स्त्रीरोग विशेषज्ञ डा. विमला मल्लसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

महिलामा किन हुन्छ पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर? भनेको खासमा के हो ?

‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ सुत्केरी महिलाहरुमा हुने एक मानसिक समस्या हो । जसले महिलाको सोच्ने, महसूस गर्ने र उनीहरूको व्यवहार गर्ने तरिकालाई नकारात्मक रूपमा असर गर्छ । जस्तैः जो महिलालाई पहिलादेखि नै धेरथोर मानसिक समस्या छ र जुन महिलाले सुत्केरी अघि विभिन्न औषधीहरुको सेवन गरिरहेको छ भने त्यस्ता व्यक्तिहरुमा सुत्केरीपश्चात् यो समस्या देखिने सम्भावना धेरै हुन्छ ।

महिलामा पहिले नै केही मानसिक समस्या अगावै छ भने  सुत्केरीपश्चात् ती समस्याहरु पनि जोडिएर स्ट्रेश हुन्छ र झन् डिप्रेस हुन्छन् । कोही महिला एकदमै वाइल्ड भएर डिप्रेसनमा जान्छन् भने कोहीमा सामान्य रुपमा मात्रै देखा पर्छ ।

सुत्केरीमा यस्तो समस्या सिर्जित हुनुको कारण के हो ? छोरी वा छोरी भनेर महिलाहरुमा सामाजिक दबाबकै कारण यो समस्या आउँछ र ?

पहिलो सन्तान छोरी जन्मियो र दोस्रो सन्तान पनि छोरी नै जन्मिइन् भने घरपरिवार र समाजको छोरी नै छोरी जन्माइछे भन्ने भनाइका कारण पनि महिलाहरुमा मनोरो ग उत्पन्न हुन्छ । उसले समाजकै लागि भएपनि छोरा जन्माउनुपर्ने मानसिक दबाब हुन्छ ।

घरपरिवारले समर्थन नगर्दा र आर्थिक भारका कारण सुत्केरी महिलाको मानसिक स्वास्थ्यमा कस्तो खालको असर पर्छ ?

कतिपय सुत्केरी महिलाहरुको परिवार बुझ्ने खालको हुँदैन । यसकारण सुत्केरी अवस्थामा परिवारको आत्मिय साथ, श्रीमानको माया नपाउँदा र आर्थिक अवस्था मजबुत नभएको खण्डमा पनि सन्तान कसरी हुर्काउने, अर्को सन्तान कसरी जन्माउने भन्ने चिन्ताले पनि महिलाहरुमा पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डरको समस्या हुन्छ ।

सुत्केरी हुनुपूर्व हुने लेबर पेनले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ र ?

यदि २४ घण्टाभन्दा लामो समय लेबर पेन भयो र त्यसपछि पनि नर्मल डेलिभरि भएन अप्रेसन गर्नुप¥यो भने डरले पनि यस्तो समस्या निम्तिन्छ । अप्रेसनको त्यो ट्रमाले दिमाखमा हिट गरिरहेको हुन्छ ।

यस्तो समस्या हुन नदिन र भएपछि कसरी निर्मूल गर्न सकिन्छ ?

यो समस्या हुन नदिन गर्भवती हुनुभन्दा अगाडि देखि नै योजना हुनुपर्छ । शुरुमा त गर्भवती महिलाहरुको परिवारलाई हामीसँगै राखेर काउन्सेलिङ गर्छौं । यो समयमा परिवारका सदस्यहरुको साथ र आत्मीयता ठूलो भुमिका हुन्छ । मुख्यकुरा महिलाको श्रीमान्ले पर्याप्त समय र अटेन्सन दिनुपर्छ । र फोलिक एसिडको सेवन गर्नुपर्छ ।

फोलिक एसिडको सेवनले नर्मल बच्चाहरु जन्माउन धेरै सहयोग गर्छ र न्युरो डिफेक्ट पनि कम गर्छ । परिवारमा कसैलाई अटिजम लगायतका वंशाणुगत समस्या छ भने पनि फोलिक एसिडले सहायता दिन्छ । अन्य कुरा भनेको पर्याप्त निन्द्रा सुत्ने, आराम गर्ने, परिवारमा सौहार्दपूर्ण वातावरण सिर्जना गर्न हामी सासुआमा र श्रीमानसँग पनि काउन्सेलिङ गर्छौँ ।

यस्तो समस्या भइसकेका सुत्केरीहरुलाई निर्मूल पार्न यदि लक्षण शुरुवाती अवस्थामा छ भने औषधीको आवश्यकता पर्दैन । यो अवस्थामा भावनात्मक रुपमा परिवार र श्रीमानको साथले ठीक हुन्छ । अवस्था गम्भीर हुँदै गएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।

यस बाहेक एन्टिडिप्रेसेन्ट औषधी, टकथेरापी तथा परामर्शबाट उपचार गरिन्छ । पोस्टपार्टम साइकोसिस छ भने शुरुमा बच्चा र आमालाई छुटै राख्नुपर्छ । अन्यथा बच्चालाई हानी पनि हुनसक्छ । सुत्केरीपछि शारीरिक र मानसिक परिवर्तनबाट गुज्रिरहेका महिलालाई आफ्नो परिवारबाट धेरै सहयोग चाहिन्छ । यस्तोमा उनलाई असल आमा बन्न दबाब नदिई भावनात्मक साथ दिनुपर्छ ।

यसका जटिलताहरु के–कस्ता रहेका छन् ?

पोष्टपार्टम भएपछि महिललाई एकदमै काउन्सेलिङको आवश्यक हुन्छ । किनकी यदि पोष्टपार्टम ठिक भएपछि पनि सुत्केरीलाई परिवारका सदस्यहरुले केही नराम्रो भनिदिए भने उसको मनमा नकारात्मक भाव आउन सक्छ । सुत्केरी अवस्था भनेको एकदमै भावनात्मक संवेदनशील अवस्था हो । यसकारण सानो कुराले पनि उसलाई नराम्रो, नमज्जा लाग्न सक्छ । यदि सुत्केरी नै मनोरोगसँग जुधिरहेको छ भने बच्चाको स्वास्थ्यस्याहार राम्रो हुन सक्दैन । यसकारण यो अवस्थामा सुत्केरीको परिवार निकै सजग हुनआवश्यक छ ।

कुन उमेर समूहका महिलाहरुमा यस्तो समस्या बढी मात्रामा देखापर्छ ?

सामान्यतया पच्चीसदेखि तीस वर्ष उमेरसमूहका महिलाहरु यस्तो समस्याका सिकार हुन्छन् । किनभने यो उमेरमा महिलाहरु बढी आशावादी हुन्छन् । कोही विदेश जान खोजिरहेका हुन्छन्, कसैको भिसा लागिरहेको हुँदैन । कोहीलाई जागीरको तनाव भइरहेको हुन्छ । कतिपय महिलाहरु यो उमेरमा अध्ययन पनि गरिरहेका हुन्छन् । यसकारण उनीहरुलाई अन्य कुराको बोझ भइरहेको समयमा सुत्केरी भएपश्चात् अर्को मनोसमस्या उत्पन्न हुन्छ ।

तथ्याङ्कीय हिसाबले भन्नुपर्दा यो समस्या हुने महिलाहरुको सङ्ख्या कस्तो छ ?

सामान्य खालको पोष्टपार्टम साइक्याट्रिस्ट समस्या पचास जनामा एकजना महिला बराबरमा देखा पर्दछ भने अलि गम्भीर खालको समस्या सयमा एकजना महिलामा देखा पर्दछ ।

कस्ता महिलाहरुलाई यो समस्याले छिटो भेट्छ ?

नर्मल महिलाहरु भन्दा थाइराइडको, डायबेटिजको, डिपे्रसनको औषधी सेवन गरिरहेका महिलाहरुमा पोष्टपार्टम देखिने सम्भावना प्रवल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?