मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिनहुँ मदिरा सेवन गर्ने व्यक्तिको स्वास्थ्यमा आउन सक्छ यस्तो गम्भीर समस्या 

रक्सीले मानव स्वास्थ्यमा असर गर्छ । यो कुरा थाहा हुँदा–हुँदै पनि कतिपय व्यक्तिहरू अत्यधिक मात्रामा रक्सीको सेवन गर्ने गर्छन् । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ ।

जसले सुरुमा कलेजोमा सङ्क्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको सङ्ख्या पनि बढ्दो छ । जसको मुख्य कारण मदिराजन्य पदार्थ हो । 

जब तपाईँ रक्सी पिउनुहुन्छ मस्तिष्कले डोपामाइन हर्मोन उत्सर्जन गर्दछ । डोपामाइनले रक्त प्रवाह बढाउँदछ । जसका कारण रक्तचाप तथा मुटुको गति पनि बढ्छ । जब रक्सीको असर बढ्दै जान्छ तब रगतमा सुगरको मात्रा कम हुँदै जान्छ ।

रगतमा आवश्यकता भन्दा कम चिनीको मात्रा हुनाले आँखा धमिलो हुने तथा दृष्टि पनि कमजोर हुने र आँखा रातो हुने हुन्छ । शरीरमा रक्सीको मात्रा बढ्दै जाँदा कोर्टिसोल हर्मोनको लेभल पनि बढ्छ ।

जसका कारण तनाव बढ्न थाल्दछ । रक्सीको उच्च मात्राले मस्तिष्कघातको जोखिम हुन्छ भने स्मरण शक्ति क्षयीकरण हुन सक्छ । रक्सीको अत्यधिक सेवनले मुख तथा घाँटीको क्यान्सरको जोखिम बढाउँछ । घाँटीको रक्तस्राव हुनसक्छ । श्वास फेर्नमा पनि  समस्या हुनसक्छ ।

कलेजोमा बोसो जम्ने तथा कलेजो बिग्रिने र सिरोसिस जस्ता गम्भीर समस्या पैदा गर्न सक्छ । पेटमा अपचको समस्या पैदा हुनसक्छ । साथै एसिडिटीको समस्या पनि सिर्जना हुन्छ । हड्डी कमजोर हुने र सजिलैसँग टुट्ने जोखिम हुन्छ । साथै मांसपेशी पनि कमजोर हुन्छन् ।

रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खाने नली आदिलाई असर गर्छ । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ ।

जसले सुरुमा कलेजोमा सङ्क्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ ।

लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुको अवस्थामा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, गम्भीर रूपमा कलेजोमा क्यान्सर भएमा उपचार सम्भव हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?