मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुन राशि भएकाको कति वर्षमा चम्किन्छ भाग्य ? 

हिन्दु धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ । आज हामी तपाईँलाई त्यसको बारेमा जानकारी दिँदै छौँ ।

भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितिबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केही गरी तपाईँको भाग्य चम्किहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन ।

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

– मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

– वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

– मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

– कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

– सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरू उत्तम मानिएका छन् ।

– कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरूमा भाग्योदय हुने योग देखिन्छ ।

– तुला राशि  : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

– वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्यधिक राम्रो मानिन्छ ।

– धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

– मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।

– कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

– मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?