मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग

कास्की – जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थलमा पुगेर सो रकम प्रदान गरेका हुन् ।

पहिरोमा परी मृत्यु भएका कुलबहादुर परियार, लक्षिमा परियार, मनकुमारी परियार र प्रश्ना परियारका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख तथा गण्डकी प्रदेश सरकारबाट रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

पहिरोमा परेर कुलबहादुरका नाबालक छोरा पवन बाहेकका परिवारका अन्य सदस्यहरुको निधन भएकाले प्रदान गरिएको राहत रकम दुरुपयोग हुन नदिन उनको नाममा बैँक खाता खोलेर राख्ने व्यवस्था मिलाउन प्रजिअ पाण्डेले निर्देशन दिए। पहिरोले घर पूर्णरुपमा क्षति भएकाले आवास पुनःनिर्माण प्रक्रिया अघि बढाउन उनले वडा कार्यालयलाई निर्देशन दिए ।

यसैगरी सोही घटनामा परी मृत्यु भएका कुलबहादुरका बिबाहित छोरी प्रभा र ज्वाइँ अस्मित परियारको राहत रकम नजिकको हकदार आवश्यक कागजातसहित सम्पर्कमा आएपछि प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?