मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जहाजको यात्रा गर्दा भुलेर पनि नगर्नुहोस् यी गल्ती

के तपाईँ जहाजको यात्रा गर्दै हुनुहुन्छ ? त्यसो हो भने यात्राका क्रममा यस्ता गल्ती भुलेर पनि गर्नु हुँदैन । यहाँ हामीले जहाजमा यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरूको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

१. तपाईँलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सिट बेल्ट लगाएर घण्टौँसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसञ्चारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईँलाई पछिसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसले तपाईँ नजिकै बस्नेको श्वासप्रश्वासमा समस्या आउन सक्छ । तपाईँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई हिल्स नलगाउनुस् । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिँड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकि प्लेनमा तापक्रम परिवर्तन भइरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आऊ–जाऊ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले शरीरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । विशेष गरी गर्भवतीले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाइजामा नलगाउनुस्, यो जति लगाउन सहज भए पनि यो घरकै लागि हो । यदि रातको समयको फ्लाइट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाइजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केही मानिसहरू प्लेनमा मोजा फुकालेर बस्छन् तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस् । यसको कारण तपाइलाई अरूले घृणा गर्छन् ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०.२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?