काठमाडौँ– अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट ५० लाख पारिश्रमिक लिएका छन् । नेपाली फिल्मको इतिहासमा यति धेरै पारिश्रमिक कम कलाकारले मात्र लिने गरेका छन् ।
फिल्मका निर्माता रोहित अधिकारीले अनमोलले फिल्ममा लिएको पारिश्रमिकबाट सरकारलाई कर तिरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर शेयर गर्दै अनमोलले फिल्मबाट लिएको पारिश्रमिकबाट नेपाल सरकारलाई करवापत ७ लाख ५० हजार तिरेको बताएका छन् ।
नेपाली कलाकारले सरकारले केही नगरेको गुनासो गरेपनि कर भने बुझाउने गरेका छैनन् । सरकारले बेलाबेलामा कर तिर्नुपर्ने भनेपनि कर छली गर्न फिल्मको कमाइ र कलाकारको पारिश्रमिकबारे खुलेर बोल्ने गरेका छैनन् ।
निर्माता रोहित अधिकारीले भने सार्वजनिक रुपमै अनमोलले कर तिरेको पुष्टि गरेका हुन् ।
फिल्म ‘फर्की फर्की’ गत जेठ ११ गतेदेखि बुद्धजयन्तीको अवसर पारेर प्रदर्शनमा आएको थियो । यो फिल्म नेपालसहित विदेशका कतिपय देशमा समेत प्रदर्शन भइसकेको छ ।
निर्माताले फिल्मको आम्दानी र अन्य कलाकारले तिरेको करबारे भने केही उल्लेख गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया