अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको पाइन्छ । नेपालमा करिब २० किसिमका स्नेक प्लान्ट पाइन्छ ।
यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । सर्प जस्तो देखिने यो बिरुवा रोप्नुका आफ्नै फाइदाहरू छन् । यो प्लान्ट घर भित्र राख्दा यसले हावा शुद्ध बनाउने काम गर्छ ।
स्नेक प्लान्टले कार्बनडाइअक्साइड शोषण गरेर अक्सिजन उत्पादन गरिरहन्छ । त्यसैले धेरैले यसलाई घरको प्यासेज, वा बैठक कोठामा राख्ने गर्दछन् ।
स्नेक प्लान्टले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । यसलाई बेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने तथा हावामा रहेका श्वासप्रश्वास सम्बन्धी रोगहरू बढाउने केही हानिकारक रसायनहरू जस्तै– जाइलिन, ट्राइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ ।
स्नेक प्लान्टको हेरचाह कसरी गर्ने ?
यो प्लान्ट अरु प्लान्ट भन्दा हुर्काउन निकै सजिलो छ यसलाई धेरै पानी पनि हाल्नु पर्दैन महिनाको दुई पटक पानी हाल्दा पुग्छ । यसलाई हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया