मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अग्लो सिरानी बनाएर सुत्ने बानी छ ? हुनसक्छ यस्ता समस्या

 सिरानी बिना सुत्ने कुरा हामी परिकल्पना पनि गर्न सक्दैनौँ किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।

मानव शरीरको हड्डीको संरचना शरीर हुँदै हाम्रो दिमागसम्म जोडिएको हुन्छ । यसको रचना नै त्यसरी भएको छ । जब हामीले सिरानी राखेर सुत्ने गर्छौँ, तब हाम्रो शरीरमा धेरै फरक पर्छ । 

सिरानी राखेर सुत्दा मानव शरीरले पूर्ण रुपमा काम गर्न नपाउने र तनाव व्यवस्थापन गर्न समेत गाह्रो हुने विभिन्न रिपोर्टहरूले देखाएका छन् । तर धेरै अग्लो सिरानी लगाएर सुत्नु नोक्सान दायक पनि हुन सक्छ ।  

– अग्लो सिरानीमा सुत्दा टाउको दुख्ने र माइग्रेनको समेत समस्या हुन्छ ।  सिरानीको अनुचित पोजिशनले गर्दा टाउको दुख्ने सम्भावना बढ्छ ।

– हामी दिनभरिको थकानका कारण रातिको समयमा आराम गर्ने गर्छौँ । त्यो अवस्थामा अग्लो सिरानी राख्दा तनाव हट्न सक्दैन । यसले गर्दा हाम्रो शरीरको तनाव पनि हड्डीतिर सर्न थाल्छ ।  यसले हाम्रो दैनिकीलाई नै असर पार्न थाल्छ । यसको असर रिंगटा लाग्ने, केही सेकेन्डका लागि चक्कर आउने, टाउको भारी हुने, सोच्ने तरिकामा समेत समस्या पर्ने हुन्छ ।

– अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशीमा तनाव बढ्छ ।

– अग्लो सिरानीको प्रयोगले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । अस्पतालमा पनि डाक्टरले अपरेसन गर्दा कुनै सिरानीको प्रयोग नगर्ने गरेको पाइन्छ । यद्यपि, कसैलाई अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?