काठमाडौँ – फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन सकिएको छ ।
गत जेठ २४ गतेबाट शुरु गरिएको पहिलो चरणको छायाँकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा गरिएको हो भने यसका लागि टीमले ३६ दिन खर्चेको छ ।
दोस्रो सेड्यूलको छायाङ्कन दशैपछि काठमाडौमा गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भी पौडेल र स्वयम् केसीको अभिनय रहने छ ।
यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ ।
यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ । निर्माण टिमले फिल्मलाई २०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया