काठमाडौँ – विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पसँग सम्बन्धित राजनीतिक समूह ‘अमेरिकन पीएसी’ लाई चन्दा दिएका छन् । यो समूह अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित काम गर्दछ ।
ब्लुमबर्गको रिपोर्टका अनुसार अमेरिकी पीएसीले प्राप्त गरेको चन्दाको रकम अझै खुलाइएको छैन, यद्यपि यो ठूलो रकम हुन सक्ने अनुमान गरिएको छ । रिपोर्टका अनुसार अमेरिकी पीएसीले जुलाई १५ मा दाताहरूको नाम सार्वजनिक गर्नेछ ।
केहि महिना अघि, एलन मस्कले ट्रम्प वा वाइडेनलाई चन्दा नदिने बताएका थिए । मार्च २ मा, ट्रम्पले मस्क र रिपब्लिकन पार्टीसँग सम्बन्धित अन्य धेरै धनी दाताहरूसँग भेट गरेका थिए, जसका तस्बिरहरू मिडियामा लीक भएका थिए ।
यो भेटपछि ट्रम्पले राष्ट्रपतिको चुनावी अभियानका लागि मस्कसँग आर्थिक सहयोग मागेको दाबी गरिएको थियो ।
मस्कलाई उनका केही बयानका कारण वाइडेनको प्रतिद्वन्द्वी मानिएको छ । उनले पछिल्लो चुनावमा वाइडेनलाई समर्थन गरेका थिए । यसअघि ट्रम्प र मस्कबीचको सम्बन्ध राम्रो थिएन तर पछिल्ला वर्षमा उनीहरूको सम्बन्धमा सुधार आएको छ ।
मस्कले वाइडेन सरकारको अध्यागमन नीतिमा धेरै पटक कडा टिप्पणी गरेका छन् । उनीहरूले खुलेआम वाइडेन सरकारले जानाजानी मेक्सिको सीमाबाट घुसपैठ गर्न अनुमति दिइरहेको आरोप लागाउदै आएका छन् ।
अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । डेमोक्रेटिक पार्टीका जो वाइडेन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच सबैभन्दा बढी प्रतिस्पर्धा हुने सम्भावना छ । दुवै नेता दोस्रो पटक राष्ट्रपतिमा उम्मेदवार हुनेछन् । यद्यपि राष्ट्रपति वाइडेनको दाबीलाई लिएर डेमोक्र्याटिक पार्टीमा राजनीति तीव्र भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया