काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आजबाट चौथो पटक नेपालको प्रधानमन्त्री बन्दै छन् । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको समीकरणमा उनी आइतबार नयाँ प्रधानमन्त्री नियुक्त हुँदै छन्।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ। लगत्तै शुक्रबार साँझ राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । जहाँ नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरिसकेका छन्।
चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीको शपथ ग्रहण भने भोली हुनसक्ने सम्भावना रहेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी छ। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्।
एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया