काठमाडौँ – चुनावी र्यालीमा गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प घाईते भएका छन् ।
अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको कार्यक्रममा उनीमाथि भएको गोली प्रहार भएको हो ।
गोली लागेपछि भुईँमा बसेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। ट्रम्पको कानमा गोली लागेको बताइएको छ । उनको कान र अनुहारमा रगत लतपतिएको देख्न सकिन्छ ।
ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।
उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।
राष्ट्रपति जो बाइडेनले घटनाप्रति निन्दा गर्दै ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया