काठमाडौँ – बलिउड र दक्षिण भारतीय फिल्मका दिग्गज कलाकारको अभिनयका कारण नाम घोषणादेखि नै फिल्म ‘ह्रस्व दीर्घ’ चर्चामा छ ।
यो फिल्ममा दर्शकले फिल्ममा रेखा थापालाई देख्न पाउनेछन् । निर्माताले फिल्ममा रेखाको भूमिकाबारे केही नबताए पनि उनको अतिथि भूमिका हुनसक्ने अनुमान छ ।
सार्वजनिक तस्वीरमा उनी निर्देशक चन्द्र पन्त र निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानासँग रेखाले स्क्रिप्टमा छलफल गरिरहेको देखिन्छ । जसलाई निर्देशक पन्तले पनि पुष्टि गरेका छन् ।
यो फिल्म संविधान दिवसको अवसरमा असोज ३ मा रिलिज हुँदैछ । निर्मात्री ढुंगानाले अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम चलिरहेको र एउटा गीत छायांकनको लागि टिम मुम्बई जाने तयारीमा रहेको बताइन् ।
सोसल–ड्रामा सहितको प्रेमकथामा आधारित यो फिल्ममा हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान बलिउड कलाकार प्रदीप रावतसँगै नेपालका विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झाको पनि अभिनय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया