मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानसम्बन्धी अन्तर्क्रिया कार्यक्रम

भक्तपुर– भक्तपुरमा मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्क्रियामा काठमाडौँ उपत्यकाभित्रका अंगदान हुन सक्ने अस्पतालहरूमा कार्यरत न्युरो तथा अन्य शल्य चिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ उपत्यका भित्रका सम्पूर्ण प्रहरी कार्यालयका अधिकृत प्रतिनिधिहरू, ट्राफिक प्रहरीहरू र पत्रकार सहभागी थिए ।

केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंगदान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने बताए । उनले सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्त्वपूर्ण भएको जोड दिए ।

सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौँ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्युबाट भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर अंग प्रत्यारोपणबाट वञ्चित हुने कार्यको अन्त्य हुने विश्वास डा। श्रेष्ठले राखे ।

मस्तिष्क मृत्युबाट हुने अंग वितरण पारदर्शी बनाउन नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो । कार्यक्रममा प्रहरी अधिकृत, चिकित्सक तथा अन्य सहभागीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा मस्तिष्क मृत्यु बाट हुने अंगदान तथा प्रत्यारोपण प्रवर्द्धन गर्नको लागि विभिन्न सुझाव प्राप्त भएको र संस्थागत रूपमा नीति बनाइ कार्यान्वयन गर्नु पर्ने निष्कर्षसहित कार्यक्रमको समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?