मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुँदै

काठमाडौँ – नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।

नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको सङ्ख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्युको सही सङ्ख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?