काठमाडौँ – अभिनेता खगेन्द्र लामिछाने निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खलामा अनुबन्धित भएका छन् ।
दुई वर्षअघि रिलिज भएको फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खलाको यस फिल्मको नाम ‘घर नम्बर २’ राखिएको छ ।
शुक्रबार लामिछानेको जन्मदिन सन्दर्भमा पारेर उनी फिल्ममा रहने जानकारी गराइएको हो । अब फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई देख्न सकिने छ ।
फिल्मलाई साउनको २५ गतेबाट छायाङ्कनमा लैजाने तयारी गरिएको छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरू एकपछि अर्को रूपमा फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा चर्चित लेखक बुद्धिसागरको पटकथा हुनेछ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रूपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया