काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा आज तीनदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरुद्ध हुने छ।
सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसर भित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।
ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै भूमीगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत क्षेत्रहरूमा समेत विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
यस फिडर अन्तर्गतका पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्वासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
समय अगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत् सेवा शुरू गरिने प्राधिकरणले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया