मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिशूलीमा खसेका बस भेटिएनन्, आज पनि खोजी गरिने

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक अन्तर्गत सिमलतालमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बसको खोजी आज बिहानैबाट पुनः सुरु गरिने भएको छ । 

शुक्रबार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले राति स्थगित गरिएको खोजी कार्य आज बिहान ८ बजेबाट पुन शुरु गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  जानकारी दिए । 

प्रहरीका अनुसार वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिने बाहेक खोजीमा अन्य कुनै घटनाक्रम विकास भएको छैन । 

आजको खोजी यसैलाई केन्द्रित भएर गरिने प्रहरीले जनाएको छ । खोजी कार्यमा पानीभित्र गएर खोजी र उद्धार गर्न तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोरसहितको दक्ष टोली खटेको छ ।

शुक्रकार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँच वटा मोटर बोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?