काठमाडौँ – स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् ।
शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए ।
पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । २१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया