मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रेड एडभाइजरी’ जारी भएका जिल्लामा राति सवारी चलाउन नपाइने

काठमाडौँ- उच्च जोखिमको चेतावनी ‘रेड एडभाइजरी’ जारी भएका निश्चित जिल्लामा राति सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले ‘रेड एड्भाइजरी’ जारी गरेका जिल्लामा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको हो ।

त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र सोअनुसार मौसम प्रतिकूल भएका जिल्लामा तीन दिनको मौसम पूर्वानुमान हेरेर रात्रीकालीन सवारी चलाउने गरी निर्णय भएको छ ।

यसअघि गृह मन्त्रालयले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएपछि सरकार पछि हटेको हो ।

त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?