मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेटो सदस्य देशहरू युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

काठमाडौँ – पश्चिमी सैन्य गठबन्धन नेटोका सदस्यहरूले युक्रेनलाई भविष्यमा नाटो सदस्यता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकाको वासिङ्टनमा नेटोका ३२ सदस्य राष्ट्रको सम्मेलनमा युक्रेनलाई भविष्यमा नाटोको सदस्यता दिने विषयमा प्रतिबद्धता जनाउँदै युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका हुन् ।

तर यसका लागि कुनै समयसीमा भने तोकिएको छैन । यद्यपि सदस्य राष्ट्रहरूले रुस-युक्रेन युद्धमा युक्रेनको प्रयासलाई आफ्नो समर्थन ‘अटल’ रहेको बताएका छन् । नेटोले युक्रेनी सेनासँग थप एकीकरणको घोषणा पनि गरेको छ र युक्रेनलाई अर्को वर्ष ४० बिलियन युरो सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेटो देशको सहयोगमा एफ- १६ लडाकु विमानहरू र वायु रक्षा सहयोग समावेश हुने मिडिया रिपोर्टमा बताइएको छ । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनलाई दिइने सहायता दान नभई हाम्रो आफ्नै सुरक्षा हितमा रहेको बताएका छन् । 

रुस-युक्रेन युद्ध नेटो शिखर सम्मेलनको शीर्ष एजेन्डा थियो । सम्मेलनका सबै सदस्यहरूले रूस ‘सुरक्षाको लागि सबैभन्दा ठूलो र सबैभन्दा प्रत्यक्ष खतरा रहेको’ मा सहमत भएका थिए । 

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि अमेरिकी निर्मित एफ–१६ जेट विमान डेनमार्क र नेदरल्याण्डबाट युक्रेन पठाउने प्रक्रियामा रहेको पुष्टि गरेका छन् । 

युक्रेनले पहिलो पटक यस्तो आधुनिक विमान पाउने भएको छ । युक्रेनी राष्ट्रपति भोलाेदिमिर जेलेन्स्कीले लामो समयदेखि यो माग गर्दै आएका थिए ।

ब्लिन्केनले शिखर सम्मेलनमा आउदा दिनमा यी विमानहरू प्रयोग गरिने बताए । युक्रेनसँगको सम्बन्धलाई प्रगाढ बनाउन नेटो देशहरूले युक्रेनी सेनाका लागि सैन्य सहयोग र तालिमको समन्वय गर्न नयाँ इकाई बनाउन पनि सहमत भएका छन् । 

नेटो देशहरूको संयुक्त वक्तव्यमा भनिएको छ, ‘युक्रेनले हालैका महिनाहरूमा आवश्यक प्रजातान्त्रिक, आर्थिक र सुरक्षा सुधारहरूमा ठोस प्रगति गरेको छ, तर सबै सर्तहरू पूरा गरेपछि मात्र औपचारिक नेटो सदस्यता निमन्त्रणा विस्तार गरिनेछ ।’ 

विज्ञप्तिमा भनिएको छ, ‘यदि युक्रेनले यो महत्त्वपूर्ण काम जारी राख्छ भने, हामी यसलाई नाटो सदस्यता र यूरो-एटलान्टिक एकीकरणको खोजीमा समर्थन गर्न जारी राख्नेछौं ।’ 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि शिखर सम्मेलनमा आमन्त्रित गरिएको थियो । यहाँ जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कियर स्टाररलगायत विश्वका धेरै नेताहरूसँग भेटघाट गरेका छन् । 

किरले जेलेन्स्कीलाई नयाँ सरकार सत्तामा आए पनि युक्रेनको युद्ध प्रयासमा बेलायतको समर्थनमा कुनै परिवर्तन नहुने स्पष्ट गरेका छन् । 

जेलेन्स्कीले अमेरिकाको डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीका नेताहरूसँग पनि भेट गरेका छन् । उनले युक्रेनका लागि अमेरिकाका सबै पक्षबाट समर्थन जुटाउने प्रयास गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?