मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुईँमा सुत्ने गर्नुहोस्, हुन्छन् यस्ता अपत्यारिला फाइदा 

हामी आरामदायी ढङ्गले निकै विलासी बेडमा सुत्ने गर्छौ । अहिलेको समयमा भुईँमा बिस्तरा लगाएर सुत्ने मानिसहरू निकै कमै भेटिन्छन् ।

केही वर्ष पहिलेसम्म पनि भुईँमा सुत्ने मानिसहरू थुप्रै हुन्थे । पहिला हाम्रा पुर्खाहरू भुईँमा नै सुत्थे । तर अहिलेको आधुनिक समाजमा झुटो प्रतिष्ठाका लागि भए पनि महँगा फर्निचर किन्छौँ ।

हाम्रो नेपाली समाजमा धनी महँगो बिस्तरामा सुत्ने र गरिब मात्रै भुईँमा सुत्ने हो भन्ने भाष्य पनि निर्माण भएको छ । तर धनी गरिबको कुरा भन्दा पनि हामीले हाम्रो स्वास्थ्यका हिसाबले सोच्नुपर्छ । 

दिनभरको भाग दौडपछि नरम ओछ्यानमा सुत्दा आराम त मिल्छ तर स्वास्थ्यलाई भने हानि पुग्छ । खाटमा सुत्दा कम्मर र गर्दन दुख्ने समस्या हुन्छ । तर भुईँमा सुत्न थाल्नुभयो भने यस्ता कुनै पनि समस्याले सताउँदैन । कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईँमा पनि यो समस्या छ भने भुईँमा सुत्न थाल्नुस्  राहत मिल्नेछ । 

काँध र गर्दनमा पीडा हुने समस्या पनि बढ्दो छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् ।

काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुईँमा सुत्ने गर्नुहोस् । साथै शरीरमा सही रक्तसञ्चार होस् भन्ने चाहनुहुन्छ भने पनि भुईँमा सुत्न थाल्नुस्।  यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुईँमा सुत्नु नै हो । भुईँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

तपाई बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईँ भुईँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईँलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?