काठमाडौँ – काठमाडौँ बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।
काठमाडौँ बाट गौर आइरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एक जना गरी तीन जना केविन बाट हामफालेर ज्यान जोगाएका थिए ।
हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एक जना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन् ।
बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। काठमाडौँबाट गौर तर्फ आउने यात्रुहरूमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।
आज बिहान साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया