मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नापीका सर्वेक्षक चार लाख घुससहित पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले सर्वेक्षक सञ्जीव कुमार यादव र लेखापढी व्यवसाय गर्ने रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरको वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?