काठमाडौँ – श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् ।
हालै सम्पन्न टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आईसीसीले जनाएको छ ।
गत वर्ष श्रीलंकाको टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए ।
हसरंगाले राजीनामा दिँदै आफू खेलाडीको रूपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्त्वपूर्ण सदस्यको रूपमा रहने जनाएको छ ।
आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एक दिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया