काठमाडौँ – नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोमा परेर दुई वटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका– २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । बेपत्ता भएका दुई वटा बस खोज्न अहिले गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार शुरु गरेको हो ।
घटनास्थलका तस्वीरहरू





तस्वीरहरू : एपीएफबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया