मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोले बगाएका बसमा थिए ६५ जना यात्रु, तीन जनाले हाम फालेर जोगाए ज्यान

काठमाडौँ – चितवन– नारायणगढ–मुग्लिङ सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ६५ जना सवार रहेको खुलेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुई वटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।

भरतपुर महानगरपालिका– २९ सिमलतालनजिक खसेको पहिरोले वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स  बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।

त्यस्तै काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । तीमध्ये तीन यात्रुले भने हाफ फालेर ज्यान जोगाएका छन्।

प्रहरीका अनुसार यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेका छन्। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।

वर्षा निरन्तर भइरहेको र पहिरोसमेत नरोकिएकाले उद्धारमा कठिनाइ भएको भएको प्रहरीको भनाइ छ । करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?