मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पायल्सको अचुक औषधि मूला,यस्ता छन् अरू फाइदा

धेरैले मूलालाई निकै सामान्य तरकारी वा सलादको रूपमा बुझेका हुन्छन् त्यसैले मूला खाने कुरामा खासै ध्यान दिँदैनन् । खासै महत्त्व नभएको वा बेतुकको मानिसलाई ‘मूला’ भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेय भाव दर्साउँछ ।

तर मूला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मूला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ  भने पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ । यसबाहेक के के छन् त मूलाका फाइदा ?

– क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ । त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

– मूलामा भिटामिन सी हुने हुँदा यसले शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।

– यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्त्व हुने भएकाले यसले शरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ ।

– वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ । त्यसैले मूला अघाउँजी खाँदा पनि बढी क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन ।

– दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले

– दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ । मूलामा प्रशस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मिर्गौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।

– गिजाबाट रगत आउने समस्या भएकाहरूका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ । मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जीवाणुहरू नष्ट गर्न सहयोग गर्छ । जसले मुख गन्हाउने तथा गिजामा सङ्क्रमण भई रगत बग्ने समस्या समेत कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?