मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानले नेपालमा हुने साफ यु २० च्याम्पियनसिप नखेल्ने

काठमाडौँ – पाकिस्तानले  २० वर्षमुनि (यू–२०) को साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।

नेपालमा हुने यो प्रतियोगिताबाट पाकिस्तानले नाम फिर्ता लिएको दक्षिण एसियाली फुटबल महासङ्घले जनाएको हो । योसँगै प्रतियोगिता दुई दिन पर सरेको छ ।

अब यसअघिको तालिकाअनुसार नेपालले अगस्ट १६ तारिख अर्थात् अर्को महिना साउन ३२ गते श्रीलङ्कासँग खेल्ने तय भएको उद्घाटन खेल अगस्ट १८ तारिख अर्थात् भदौ २ गते हुनेछ ।

पाकिस्तान नखेल्ने भएपछि नेपाल रहेको समूह ए मा श्रीलङ्का र बङ्गलादेश हुनेछन् । त्यस्तै अर्को समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन् । भारत साबिक विजेता र पाकिस्तान उपविजेता टोली हुन् ।

छैटौँ संस्करणको प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?