मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यान्सरको जोखिम घटाउन खानुहोस् यी सात खानेकुरा

हाम्रो शरीरमा लाग्ने कयौँ रोगहरूलाई हामी खानपानको माध्यमबाट केही हदसम्म निर्मूल र रोग लाग्न नदिन सक्छौ । दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको सङ्ख्या बढ्न थालेको छ ।

यसकारण हामीले मुख्य कुरा त हाम्रो खानपानमा सुधार गर्न आवश्यक छ । आज हामी यस्ता केही खानेकुराहरूको विषयमा तपाईँहरूलाई जानकार गराउँछौ जसले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गराउँछ । 

गोलभेँडा

गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्त्वले यसलाई रातो बनाउँछ । यही तत्त्वले गर्भाशयमा हुने क्यान्सरका कोशिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ । 

सिमी 

सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

काउली

काउलीमा क्यान्सर निरोधक गुण बढी पाइन्छ । अझ ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ । 

फलफूल

स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्त्व प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोशिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । 

सलाद

सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोशिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।

ओखर

ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्त्वले स्तनमा क्यान्सर गराउने कोशिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ । 

लसुन

लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?