धेरैजसो बच्चाहरूको औला चुस्ने बानी हुन्छ । औला चुस्ने बच्चाहरू शान्त त रहन्छन्, औला मुखमा राखेर अलमलिने हुँदा अभिभावकलाई सहज त हुन्छ तर यस्तो बानीले स्वास्थ्य समस्या निम्त्याउँछ ।
यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । बालबालिकाले औँला चुस्ने विभिन्न कारण हुने बाल रोग विशेषज्ञहरू बताउँछन् । उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।
पहिलो कारण भनेको त बालबालिका भोकाइरहेका हुन्छन्, तर यो कुरा अभिभावकलाई थाहा नहुन पनि सक्छ । भोकाएको अवस्थामा दूध वा कुनै खानेकुरा नमिलेको अवस्थामा बालबालिकाले आफ्ना औँला चुस्न सुरु गर्छन् । अर्को अनौठो कुरा के छ भने बालबालिकाले आराम लिनका लागि पनि औँला चुस्ने गर्छन् ।
उनीहरूले पनि कहिलेकाहीँ स्ट्रेसको अनुभूति गर्छन् । त्यसैले आफूलाई कम्फर्ट पार्न पनि उनीहरूले औँला मुखमा राख्छन् । यस्तै ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ रु यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव हुन्छ, तब मानिसमा भोक मरेर जान्छ ।
कतिपयलाई तनावको अवस्थामा अझ बढी भोक लाग्ने गर्छ । बालबालिकामा पनि यस्तो स्थिति आउँछ । जुनकुनै वेला बालबालिका तनावमा हुन सक्छन् । त्यति वेला बालबालिकाले कुनै न कुनै प्रकारको खाना खोज्न सक्छन् । अनि कुनै खानेकुरा नभेट्दा उनीहरूले औँला चुस्ने गर्छन् ।
साथै कहिलेकाहीँ सुरक्षा पाउन पनि बालबालिकाले औँला चुस्ने गर्छन् । यदि लामो समयसम्म आफ्ना आमाबुबालाई वरिपरि नभेटेमा उनीहरूले असुरक्षाको महसुस गर्छन् । आमाबुबाबाट माया नपाउँदा पनि बालबालिकाले औँला चुस्ने गर्छन् ।
यसरी छुटाउनुहोस् लत
जब बालबालिकाले एक्लो महसुस गर्छन् अनि औँला चुस्न सुरु गर्छन् । त्यसैले सकेसम्म लामो समय बच्चाको साथमा बिताउने प्रयास गर्नुपर्छ । कहिलेकाहीँ टाउको पनि हल्लाइदिनुपर्छ ।
ताकि बालबालिकाले मुखमा औँला नराखुन् । छोटो–छोटो समयमा तपाईँले आफ्ना बालबालिकालाई कुनै न कुनै खानेकुरा दिनुपर्छ उनीहरूको उमेरअनुसार फलफूल, दूधलगायतका खाद्यपदार्थ दिन सकिन्छ । ताकि बच्चाको पेट भरिएर मुखमा औँला राख्न छाडुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया