मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिषण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध, दुई वटा बस बगायो

काठमाडौँ– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो गएको छ । पहिरोमा परी सडक अवरुद्ध भएको र दुई वटा बस बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार बिहान करीब तीन बजेतिर भरतपुर महानगरपालिका–२९को सिमलतालमा पहिरो गएको हो ।

पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।

त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको छ ।

२ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?