मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् सलाद खानुका फाइदाहरू 

हामी नेपालीहरू खाना सँगै थोरै सलाद पनि छेउमा राखेर खान थालेका छौ । खानामा दुई–तिन पिस काँक्रो,गाजर,मुला राखेर सेवन गर्छौ । तर यसरी मात्र नभएर पर्याप्त मात्रामा सलाद खान आवश्यक छ ।

पहिला होटेलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले पनि स्वस्थ रहन सलाद दैनिक रूपमा खाने सल्लाह दिन्छन् । प्राय नेपाली भान्सामा सलादमा प्रयोग हुने भनेको कागती, गाजर, चुकन्दर, मुला, काँक्रो, प्याज, गोलभेँडा, फलफूल हुन्छ ।

सलाद खाना खानुअघि, खाना खाँदा र खाएपछि पनि खान सकिन्छ । खाना खाएपछि केही समयपछि र बेलुका गरेर दिनको दुई पटक खाने बानी भएमा शरीरलाई पर्याप्त पोषण मिल्छ । सलाद खाने सबैभन्दा राम्रो समय यो खाना खानुअघि हो । यसो गर्नाले तौल घटाउन मद्दत पुग्छ । किनकि अगाडि सलाद खाँदा धेरै खाना खाने समस्या पनि हुँदैन र पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ ।

यस्ता छन् सलाद खानुका फाइदाहरू 

प्याज

प्याजबिना सलाद अधुरो मानिन्छ । काँचो प्याज औषधीय गुणले भरिपूर्ण हुन्छ, यसमा भिटामिन सी उच्च हुन्छ, जसले प्रतिरक्षा स्वास्थ्य, तन्तुलाई बनाउने स्वस्थ राख्ने र आइरनलाई ग्रहण गर्न मद्दत गर्छ । प्याजमा पाइने भिटामिन सी ले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । त्यस्तै यसमा प्रोबायोटिक पनि हुने कारणले पेटमा कीरा परेमा र प्रतिरक्षा शक्ति बढाउन यसको मुख्य भूमिका हुन्छ,  शरीरमा त्यसैले यसलाई सलादको रूपमा सेवन गर्नुपर्छ ।

काँक्रो

गर्मीमा सबैभन्दा रुचाइने र डिहाइड्रेसनलाई कम गर्ने मौसमी तरकारी काँक्रो हो । काँक्रोको रसिलो स्वाद मन नपराउने सायद होलान् । यसमा प्रशस्त मात्रामा पानी हुन्छ, जसले शरीरमा पानीको कमीलाई परिपूर्ति गर्छ । प्रशस्त मात्रामा पौष्टिक तत्त्व हुनुका साथै यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले धेरै रोगबाट बचाउन मद्दत गर्छ । कम क्यालोरी, अत्यधिक पानीको मात्रा र घुलनशील फाइबर धेरै हुन्छ, जसले यसलाई वजन घटाउने प्रभावकारी माध्यम बनाउँछ ।

गाजर

गाजर हेर्दा पनि आकर्षक देखिने र छुटाउन नहुने सलादको एक खानेकुरा हो । गाजरमा उच्च भिटामिन ए, सी, के, पोटासियम, आइरन, तामा, खनिज पाइन्छ । पौष्टिक गुणले भरिपूर्ण गाजरको पाइने भिटामिन ए ले आँखालाई स्वस्थ राख्छ, त्यसैले सलादमा गाजर समावेश गर्नु उपयुक्त हुन्छ ।

मुला

मुला माटोमुनि फल्ने फल हो । त्यसैले यसमा खनिज तत्त्व पनि प्रशस्त मात्रा पाइन्छ । यसले पेट र आन्द्राको विकार, पित्त नलीको समस्या, भोक नलाग्ने, मुख र घाँटीको समस्या, सङ्क्रमण, ज्वरो, चिसो र खोकीको समस्यामा फाइदा गर्छ । मूलाले पाचन रस र पित्तको रसको प्रवाहलाई उत्तेजित गर्छ । जसले भोक जोगाउँछ ।

गेडागुडी

सलादमा टुसा उम्रिएको वा एक रात भिजाएको गेडागुडी खान सकिन्छ । सलादमा चना, केराउ, मुगी, दाल, जस्ता अन्न समावेश गर्न सकिन्छ । यी खानेकुरामा भिटामिन ए, बी, सी र ई, प्रोटिन, फाइबर र फोलिक एसिड पाइन्छ ।

फलफूल

सकेसम्म काँचो र विभिन्न रङका तरकारी, फलफूल सलादमा समावेश गर्नुपर्छ । धेरैको सलादमा अत्यधिक चीज मिसाउने बानी हुन्छ । यसले पचाउनमा समस्या ल्याउनुका साथै क्यालोरी पनि बढी खाइन्छ, जसले वजन बढ्न सक्छ । 

फलफूलमा सबै प्रकारका भिटामिन र पोषक तत्त्व पाइन्छ, त्यसैले यसको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । सलादका लागि अङ्गुर, अनार, सुन्तला, मेवा, खर्बुजा, एभोकाडो, ड्रागन समावेश गर्न सकिन्छ । यस्तै पालुङ्गो, चाइनिज साग,  बन्दा, स्ट्रबेरी, लिची, खर्बुजा, ड्रागन फ्रुट्स, स्याउ, केरा लगायत फलफूललाई पनि सलादको रूपमा खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?