काठमाडौँ – हेलमेट दुई चक्के सवारी चालकको टाउकोको सुरक्षा कवच हो । नेपाली बजारमा विभिन्न आकार, प्रकारका हेलमेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेलमेटको छनोट गर्छन् ।
हेलमेट प्रयोगको प्राथमिक उद्देश्य सुरक्षा भए पनि हाल युवावर्गले हेलमेटमा क्यामरा जडान गरेर यसलाई राइडिङ ताजको रूपमा झैँ पनि प्रयोग गर्न थालेका छन् ।
मोटरसाइकलबाटै लामो टुरको चलन बढेकाले हेलमेटमा एक्सन क्यामरा जडान गरेर राइडिङ गर्ने क्रम बढ्दो छ ।
यसरी, सुरक्षाका लागि मात्र नभई फेसनेबल देखिन पनि आकर्षक राइडिङ हेलमेटको क्रेज बढ्दो छ । तर बुझ्न पर्ने के छ भने स्टाइलिस देखिने सबै हेलमेट राम्रा हुँदैनन् । त्यसो भए कसरी छान्ने त गुणस्तरीय हेलमेट ?
– सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।
– सो सिल भेन्टिलेटर, कम्फर्ट र सही सेपको हुनुपर्छ।
– त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।
– घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।
– हेलमेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।
– आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।
– नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
– हेलमेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईँले लगाउँदै गरेको हेलमेट गुणस्तर युक्त छ भने त्यसबाट हेलमेट लगाउँदै गर्दा कुनै आवाज निस्किन्छ । गुणस्तरहीन छ भने उक्त हेलमेटबाट आवाज निस्कँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया