मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा छनोट भयो ‘शाम्बाला’

काठमाडौँ – मीनबहादुर भाम निर्देशित कथानक फिल्म ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ७७ औँ संस्करणमा छनोट भएको छ ।

‘लोकार्नो बोल्ड र नवीन फिल्मका लागि प्रख्यात छ,’ फेस्टिभल छनोटबारे जानकारी दिँदै फिल्म शाम्बालाले भनेको छ, ‘यो छनोट हाम्रा लागि अविश्वसनीय हो । हामी ठूलो पर्दामा फिल्म हेर्न र स्वीस दर्शकसँग साझेदारीका लागि धेरै पर्खन सक्दैनौं । एक शानदार फेस्टिभल हुनेछ ।’

फेस्टिभलको आधिकारिक वेबसाइटका अनुसार यो फिल्म पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको हो ।  थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा रहेको यो फिल्म ‘कालोपोथी’ फेम्ड भामको  दोस्रो निर्देशकीय फिचर हो ।  

यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ भने यसअघि यो फिल्म बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो । 

तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई आगामी सेप्टेम्बरमा नेपाली हलमा रिलिजको तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?