मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

फिल्म ‘घरज्वाइँ’ को प्रिमियर शो सम्पन्न, कलाकारले भने– बाग्लुङको मगर संस्कृति फरक रहेछ

काठमाडौँ–  आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो सम्पन्न गरिएको छ ।

प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, ‘खुस्मा’ निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतका सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा सिनेमा हेरे पश्चात मिडियासँग प्रतिक्रिया दिँदै रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमामा मौलिक कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ बताइन् ।

त्यस्तै अभिनेत्री उपासना सिंह ठकुरीले पनि सिनेमा निकै मन परेको बताइन् ।

‘यो सिनेमाको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो सिनेमाले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो ।,’ उनले भनिन् ।

अर्का अभिनेता कुन्साङ बम्जनले पनि सिनेमाको कथावस्तु र प्रस्तुति निकै मन परेको बताए । सिनेमाका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ बर्ष अगाडि कन्सेप्ट बनाएर गरेको तयारी यतिबेला पर्दामा देखाइएको बताए ।

उनले पाँच वर्षअघिदेखिको योजना भएकाले आफू यो फिल्ममा खेलेको प्रतिक्रिया दिए । ‘घरज्वाइँ’ मगर कल्चर हो । कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु ।’ उनले अगाडि थपे, ‘मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । त्यसैले पनि यो सिनेमा सवैले हेरेर सहयोग गर्नु हुन्छ भन्नेमा विश्वस्त छु ।’

शीर्ष भूमिका निभाएकी  अभिनेत्री मिरुना मगरले पनि ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिने क्रममा आफू सानैदेखि पूर्वमा हुर्केको र त्यहाँको मगर संस्कृति र पश्चिम भेगको मगर संस्कृति फरक पाएको बताइन् । उनले यो फिल्ममा अभिनय गर्ने क्रममा रुकुमको तकसेरा पुग्न पाउँदा खुशी लागेको समेत प्रतिक्रिया दिइन् ।

‘मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के-के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो । तर, यो सिनेमामा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइनँ ।,’ उनले थपिन्, ‘त्यहाँ पुग्दा मैले जुन देखेको थिएँ । मगर कल्चर त्यो भन्दा अझै बढी रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाएँ ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?